Thursday, December 4, 2008

नेपालीनक्स हार्ड डिस्कमा कसरी राख्ने ?

आउनुहोस् अब हामी नेपालीनक्स कसरी हार्डडिस्कमा स्थापना गर्ने भन्ने बारेमा जानकारी लिउँ। नेपालीनक्स हार्डडिस्कमा स्थापना गर्नुभन्दा पहिले तपाइ कम्प्यूटरमा नेपालीनक्स मात्र राख्ने हो की अर्को सञ्चालन प्रणालीसंग नेपालीनक्स संगै नेपालीनक्स राख्ने हो भन्ने कुरा निश्चित गर्नुहोस्। (तपाइ एउटै कम्प्यूटरमा विन्डोज र नेपालीनक्स चलाउन सक्नुहुन्छ) तपाइले लिनक्स मात्र राख्ने हो भने सिधै हार्डडिस्कमा स्थापना प्रक्रिया अगाडि बढाउन सक्नुहुन्छ तर विन्डोजसंग लिनक्स राख्ने हो भने एउटा हार्डडिस्कको भागलाई खाली गर्नुहोस् किनकी लिनक्समा तपाइको हार्डडिस्कको भागहरु सि, डि, इ को रुपमा देखिँदैन तिनीहरु जमबज्ञ जमबद्द नामका देखिन्छन्। अब सिडीरोममा लिनक्सको सिडी राख्नुहोस् र सिडिबाट लाइभ बुट गरि नेपालीनक्स खोल्नुहोस्। अब तपाई जीपार्टेड र सि.एफ. डिस्क मध्ये कुनै एक प्रणाली उपकरणबाट नेपालीनक्स हार्डडिस्कमा स्थापना गर्न सक्नुहुन्छ।
जीपार्टेडबाट जीनोम नेपालीनक्स स्थापना
नेपालीनक्स खुलिसकेपछि तपाई अनुप्रयोग-प्रणाली उपकरण-जीपार्टेडमा क्लिक गर्नुहोस्। त्यसपछि खुल्ने डाइलग बक्समा तपाइको हार्डडिस्क विभाजन चयन गर्नुहोस। प्रायः हार्यडिस्क विभाजन dev/hda वा dev/sda हुन्छ। अब तपाइले नेपालीनक्स स्थापना गर्न चाहनुभएको हार्डडिस्कको विभाजन चयन गर्नुहोस्। तपाइले विन्डोजमा देख्ने सि,डि,इ क्रमशः hda1, hda2, hda3 को रुपमा देखिनेछन्। अब मुख्य विभाजन बनाउनका लागि तपाइले लिनक्स राख्न चाहेको विभाजन चयन गर्नुहोस् र नयाँ मा क्लिक गर्नुहोस्। मुख्य विभाजनको साइज कम्तीमा ३ जीबी राख्नुहोस्, फाइल पद्धतीमा ext3 चयन गर्नुहोस् र थप्नुहोस् मा क्लिक गर्नुहोस्। अब फेरी अनिर्धारित विभाजन चयन गर्नुहोस् र नयाँ मा क्लिक गर्नुहोस्। अब स्वाप विभाजन बनाउनको लागि फाइल प्रणाली लिनक्स स्वाप राख्नुहोस् स्वाप विभाजनको साइज र्‍याम साइजको दोब्बर राख्नुहोस् र थप्नुहोस् मा क्लिक गर्नुहोस्। विभाजन कार्य सकिएपछि सम्पादनमा गएर लागू गर्नुहोस् मा क्लिक गर्नुहोस्। अब लागू हुँदासम्म पर्खनुहोस्, यदी विभाजनमा कुनै त्रुटी देखा परेमा विभाजन प्रक्रिया फेरि दोहोर्‍याउनुपर्छ। अब डेस्कटपमा क्लिक गरेर लगआउट गर्नुहोस् मा क्लिक गर्नुहोस्। त्यसपछि कम्प्यूटर बन्द हुन्छ। अब कम्प्यूटर फेरी खोल्नुहोस्। अब डेस्कटप-प्राथमिकता-हार्डडिस्कमा जडान गर्नुहोस् मा क्लिक गर्नुहोस्। त्यसपछि अगाडि बटनमा क्लिक गर्नुहोस्। अब तपाइले नेपालीनक्स स्थापनाका लागि पहिले बनाउनुभएको विभाजन चयन गर्नुहोस् र अगाडि मा क्लिक गर्नुहोस्। अब स्वाप विभाजन चयन गरेर अगाडि गर्नुहोस् त्यसपछि मुख्य विभाजन चयन गर्नुहोस्, फाइल प्रणाली ext2 वा ext3 चयन गर्नुहोस् र अगाडि गर्नुहोस्। अब खुल्ने चेतावनी बाकसमा हो म चाहन्छु मा क्लिक गर्नुहोस्। हार्डड्राइभमा फाइल प्रतिलिपि हुँदासम्म पर्खनुहोस् त्यसपछि खुल्ने बाकसमा तपाइले चाहेको होस्टनाम राख्नुहोस् र अगाडि गर्नुहोस्। अब मूल प्रयोगकर्ता पासवर्ड दुबै ठाउँमा एउटै राख्नुहोस् र अगाडि गर्नुहोस्। अब तपाइले नेपालीनक्समा लगइन गर्नको लागि एउटा प्रयोगकर्ता नाम र पासवर्ड राख्नुहोस्। (यो विन्डोजको युजर एकाउन्ट जस्तै हो) अब GRUB बुट लोडर स्थापना गर्नको लागि आग्रह गरिन्छ। यसमा भएका सेटिङहरु जस्ताको तस्तै छोडेर अगाडि मा क्लिक गर्नुहोस्। अब स्थापना प्रक्रिया अन्त्य गर्नुहोस् मा क्लिक गर्नुहोस्। त्यसपछि कम्प्यूटर पुनः सुरु गर्नुहोस्। कम्प्यूटर खोल्दा नेपालीनक्स सिडी बाहिर निकाल्नुहोस्। अब तपाइले कम्प्यूटर खोल्दा तपाइले स्थापना गर्ने क्रममा राखेको प्रयोगकर्ता नाम र पासवर्ड दिएर खोल्नुपर्ने हुन्छ। स्थापना प्रक्रियाको लागि विस्तृत विवरण आवश्यक भएका तपाइ इन्टरनेटबाट विस्तृत स्थापना म्यानुअल डाउनलोड गर्न सक्नुहुन्छ। यसका लागि तपाइ www.nepalinux.org मा जानुहोस्। र Docs लिङकमा क्लिक गर्नुहोस्। त्यसपछि अंग्रेजी वा नेपाली भाषाको म्यानुअल डाउनलोड गर्नुहोस्। इन्टरनेटमा उपलब्ध म्यानुअलहरु पिडिएफ फर्म्याटमा हुन्छन्। यसको लागि तपाइलाई पिडिएफ रिडर सफ्टवेयरको आवश्यकता पर्छ। पिडिएफ फाइल खोल्नको लागि सर्वसुलभ सफ्टवेयर भनेको Adobe Acrobat Reader/Writer हो। यो सफ्टवेयर तपाई तपाइको कम्प्यूटर प्रशासकसंग सम्पर्क गरेर प्राप्त गर्न सक्नुहुन्छ। तपाइले इन्टरनेट एक्सप्लोररमा सिधै म्यानुअलको लिङकमा क्लिक गर्नुभयो भने त्यो फाइल सोझै इन्टरनेट एक्सप्लोररमा खुल्छ। तपाइले आफ्नो कम्प्यूटरमा म्यानुअल फाइल राख्नको लागि म्यानुअलको लिङ्कमा दायाँ क्लिक गर्नुहोस् र Save Target As मा क्लिक गर्नुहोस्। अब तपाइले त्यो फाइललाई आफूले चाहेको स्थानमा सेभ गर्न सक्नुहुन्छ ।

No comments:

Post a Comment