Thursday, December 4, 2008

गुगलले रोग पत्ता लगाउने !

इन्टरनेट सर्च इन्जिन गुगलले अब चिकित्साक्षेत्रमा कार्यरत अधिकारी र बिरामीको पनि सेवा गर्ने भएको छ। इन्टरनेटमा आधारित एक अनुसन्धान अनुसार गुगलले केही महत्वपूर्ण रोगको लक्षण पत्ता लगाउनेछ। उक्त अनुसन्धान अस्ट्रेलियाका चिकित्सकहरूको एक समूहले गरेको थियो। उनीहरूले २६ महत्वपूर्ण रोगका सम्बन्धमा गुगल सर्च इन्जिनमार्फत अनुसन्धान गरेका थिए। अध्ययन गरिएका २६ रोगमध्ये १५ वटाको गुगलले सही लक्षणका साथै सही समाधान पनि बताइएको थियो। अध्ययनअनुसार गुगल केही रोगका बारेमा जानकारी लिन र दिन निकै सहयोगी सिद्ध हुनेछ। सामान्यदेखि जटिल रोगबारे महत्वपूर्ण लेख इन्टरनेटमा राखिएका कारण गुगलमा रोगका लक्षण र समाधान खोज्न सहज भएको ठहर अनुसन्धानकर्ताहरूको छ। अस्ट्रेलियाका चिकित्सकहरूले ब्रिसबेनस्थित एलेक्जेन्ड्रा अस्पतालमा उक्त अनुसन्धान गरेका थिए। अनुसन्धानको नेतृत्व गरेका डा. हागवी ताङ भन्छन् यसै कारण अब गुगल रोगको लक्षण पत्ता लगाउन र समाधान गर्न निकै उपयोगी देखिएको छ। तर यसमा विशेषज्ञताको आवश्यकता पर्ने बताउँदै उनले बिरामी स्वयम्ले आफ्नो उपचार गर्न खोज्न नहुने बताएका छन्। यद्यपि चिकित्सासम्बन्धी स साना जानकारीका लागि भौंतारिँदै हिँड्नुपर्दैन, किनभने गुगल अब डाक्टर नै बनिसकेको छ,अनुसन्धानकर्ता ताङ भन्छन्। गुगलले सामान्य रोगभन्दा पनि जटिल रोगको पहिचान र समाधानका सही उपाय दिएको पाइएको छ। खोजिएका १४ जटिल रोगमध्ये १० वटाको लक्षण पहिचान र समाधानका उपाय बताउन गुगल सफल भएको थियो। अनुसन्धान निष्कर्षमा भनिएको छ अब अस्पताल पूर्ण रूपमा कम्प्युटराइज हुन आवश्यक छ, अन्यथा गुगलको यो सुविधा प्राप्त हुन सक्दैन। गुगलले सबैभन्दा फाइदा चिकित्सकलाई दिने ठहर अनुसन्धानकर्ताहरूको छ। गुगलमा गरिएको उक्त अनुसन्धानलाई क्लिनिकल सर्पोट प्रोग्रामले महत्वपूर्ण उपलब्धिको संज्ञा दिँदै भनेको छ स्वास्थ्य क्षेत्रका लागि यो यस अर्थमा पनि निकै सहयोगी हुनेछ किनकी गुगललाई प्रयोगकर्ताले निःशुल्क प्रयोग गर्न र सहज रूपमा फाइदा लिन सक्नेछन्।

No comments:

Post a Comment